Section 130
बाधा अड्काउ फुकाउने
(१) यस ऐनमा लेखिएको कुनै कुरा कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा राष्ट्र बैंकले नेपाल सरकारको स्वीकृतिमा त्यस्तो बाधा अड्काउ फुकाउन आवश्यक आदेश जारी गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम बाधा अड्काउ फुकाउने आदेश जारी गर्दा सोको कारण र औचित्य समेत खुलाउनु पर्नेछ ।